Comments Add Comment

अलीमले पाए नयाँ जीवन, जटिल शल्यक्रिया निःशुल्क

धनुषाका अलीम कबाड़ीको पाँच वर्ष अघी  दायाँ भागको अनुहर सुन्नियो । उपचारका लागि काठमाडौं आए । बीर अस्पतालमा शल्यक्रिया गरियो । तर, केही समयपछि ट्युमर देखियो ।

कमजोर आर्थिक अवस्थाका उनीसँग उपचार असंभव जस्तै भयो । उनी उपचार नगरी घरमै बसे । तीन बर्षसम्म यसरी बस्दा ट्युमर बढेर अनुहार नै भयानक बनाइदियो । एक पाटो अनुहारमा बढेको ट्युमरको कारण उनी बोल्न नसक्ने अवस्थामा पुगे । न कुनै खानेकुरा नै खान सके ।

असह्य पीडा हुन थालेपछि चन्दा संकलन गरेर काठमाडौं आए । दुई महिनासम्म काठमाडौंको अस्पताल चाहरे । तर, अस्पतालमा शल्यक्रिया गर्न जटिल हुने देखियो । उनी निराश भए । अन्त्यमा उनी पुगे, नोपल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर । हेड नेक आन्कोलजी विभाग प्रमुख डा. प्रभात चन्द्र ठाकुर, डा. प्रवीण जयसवालले उनको अवस्था जटिल भएपनि शल्यक्रिया गर्न सकिने टुंगो गरे ।

यतिबेलासम्म रोगी अलीम कबाडी शारीरिक रुपले शिथिल भइसकेका थिए । खाना खान नहुने भएकाले उनको शरीर कमजोर थियो । त्यसमाथि उपचारका लागि उनीसँग खर्च थिएन । जबकी उनको उपचार कतिपनि ढिलाई गर्न नहुने अवस्था थियो ।

अन्ततः डा. ठाकुरकै अग्रसरतामा नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरस्थित विपन्न बिरामीलाई सहयोग गर्ने नेपाल क्यान्सर सर्पोट गु्रपको सहयोग लिइयो । यस अभियानमा नेपाल इन्जिनियर वाइफ सोसाइटीले आर्थिक सहयोग गरे । त्यसबाहेक अन्यबाट पनि उनको उपचारका लागि सहयोग जुटाइयो  । यसरी उनको शल्यक्रिया संभव भयो । १२ घण्टा लामो शल्यक्रिया डा. ठाकुरले गरेका थिए । ट्युमर निकालेको भाग मिलाउनका लागि प्लाष्टिक सर्जरी टीममा डा. सुरेन्द्र बस्नेतलगायत खटिए । ‘यो निकै जटिल शल्यक्रिया थियो’ डा.ठाकुरले सुनाए, ‘तर, १२ घण्टा लगाएर हामीले शल्यक्रिया गर्‍यौं ।’ यदि उपचार नगरिएको भए त्यसबाट क्यान्सर हुने जोखिम उच्च रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment