Comments Add Comment

एसियन क्लब भलिबल च्याम्पियनसिप पनि सर्‍यो, बिच भलिबल रद्ध

काठमाडौं : आगामी मे महिनामा थाइल्याण्डमा हुने भनिएको एसियन पुरुष क्लब भलिबल च्याम्पियनसिप स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण खेल स्थगित गरिएको एसियन भलिबल महासंघ (एभिसी)ले जनाएको छ ।

च्याम्पियनसिप थाइल्याण्डको नाखोन रत्चासिमामा अप्रिल १८ देखि २५ सम्म हुने तय थियो । उक्त प्रतियोगिता अब झण्डै तीन महिना पछि अगष्ट १० देखि १७ सम्म सञ्चालन  हुने एभीसीले जनाएको छ ।

च्याम्पियनसिप आयोजक थाइल्याण्ड भलिबल संघ र नाखोन रत्चासिमाले कोरोनाकै कारण च्याम्पियनसिप रोक्न भन्दै एभीसीलाई पत्र पठाएको थियो ।

एभीसीले पनि खेलाडी, अफिसियल, फ्यानलगायतको सुरक्षालाई मध्यनजर गर्दै प्रतियोगिता तत्कालको लागि स्थगित भएको बारे सहभागी टिमलाई जानकारी गरराइसकेको छ ।

च्याम्पियनसिपमा कूल १५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी कोरोना त्रासकै कारण चीनको जिनजियङमा मे १३ देखि १७ सम्म हुने भनिएको बीच भलिबल वर्ल्ड टुर थ्रीस्टार इभेन्ट रद्ध भएको छ ।

खेलाडी, अफिसियल, फ्यानलगायतको सुरक्षा मुख्य प्राथमिकता भएकोले इभेन्ट रद्ध गरिएको विश्व भलिबलको सर्वोच्च निकाय फिऐले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment