Comments Add Comment

काठमाडौंमा होली फेसन फेस्ट

२७ फागुन, काठमाडौं । फागु पूर्णिमाको अवसर पारेर काठमाडौंमा होली फेसन फेस्ट तथा म्युजिकल इभेन्ट आयोजना गरिएको छ । । उक्त इभेन्टमा २१ जना मोडलहरुलाई र्‍याम्पमा उतारिएको थियो भने कलाकारहरुले गायन, नृत्य, जादु, कमेडी लयायतका प्रस्तुती दिएका थिए ।

ईभेन्ट कोरियोग्राफर केडी भट्टराईले मोडलहरुलाई होली, नारी हिंसा, कल्चरल र मोडर्न गरी ४ भिन्न थिममा क्याटवाक सहित र्‍याम्पमा प्रस्तुत गरेका हुन् । मोडलहरुलाई एकै साथ चार थिममा हिँडाउन पाउँदा आफूलाई खुसी लागेको भट्टराईले बताए ।

इभेन्ट क्षेत्रमा नौलोपन दिने उद्देश्यका साथ होली र अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको आयोजक ग्लोरी मिडियाका अध्यक्ष एवम् सिईओ सरोज ओझाले जानकारी दिए ।

‘होली र अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मनोरन्जन र सचेतना दुवै पस्कने उद्देश्यका साथ होली कार्यक्रमको आयोजना गरेका हौ’ उनले भने ।

काठमाडौं उद्योग वाणिज्य संघकी कोषाध्यक्ष समेत रहेकी वरिष्ठ सौन्दर्यविद् सुषमा महराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment