Comments Add Comment

इशाकले लिन सक्लान् त इब्राहिमोभिकको स्थान ?

फुटबलको इतिहासमै सम्भवत यो सबैभन्दा सफल १७औं जन्मोत्सव हुनसक्छ ।

सन् २०१६ सेप्टेम्बर २१ मा स्टक होम डर्बीमा स्वीडेनका दुई टोली जुरगार्डन र एआईकेको बीचमा प्रतिस्पर्धा चलेको थियो । र अलेक्जेन्डर इशाक यो साँझलाई सम्झनलायक बनाउनेमा विश्वस्त थिए ।

यो प्रतिस्पर्धाबाट स्वीडेनका एक युवा खेलाडी फुटबल हेर्ने धेरैको आँखामा परे । उक्त खेलमा एआईकेका किशोर खेलाडी एलेक्जेण्डर इशाकले निकै राम्रो प्रदर्शन गरे र टोलीलाई ३–० को जित दिलाए ।

सोही खेलमा उनको टोलीबाट तेस्रो गोल गर्ने नाइजेरियाका खेलाडी चिनेदु ओबासीले भनेका थिए, ‘इशाकमा धेरै क्षमता छ । सबै कुरा राम्रो चल्दै जाने हो भने ऊ स्वीडेनको नयाँ जाल्टन इब्राहिमोभिक बन्न सक्छ ।’

त्यसको केही महिनापछि सन् २०१७ जनवरीमा स्पेनका केही सञ्चारमाध्यममा इशाक रियल मड्रिडमा आबद्ध हुने हल्ला चल्यो । तर त्यो हल्ला सही भएन । इशाक बोरुसिया डर्टमण्डमा आबद्ध भए । तर अन्तत: यो सिजनमा उनी रियल सोसिडाडबाट ला लिगामा आइपुगेका छन् । अहिले पनि उनको त्यही पुरानो उपनाम पनि गुञ्जिरहेको छ ।

इशाकले अहिले ला लिगामा पनि ठूलो प्रभाव छाडेका छन् । उनको सबैभन्दा शानदार प्रदर्शन त्यतिबेला देखियो, जतिबेला उनको टोलीको खेल रियल मड्रिडसँग परेको थियो । यो खेलमा उनको टोलीले रियल मड्रिडमाथि ४–३ को जित निकाल्यो । यसमा इशाकले दुई गोल गरेका थिए भने एक गोलको लागि पास मिलाइदिएका थिए ।

त्यसको ठीक तीनदिनपछि उनको टोलीको खेल एथ्लेटिको बिल्बाओसँग पर्‍यो । यो खेलमा दोस्रो हाफमा सब्स्टिच्युडको रुपमा मैदान प्रवेश गरेर पनि उनले गोल गरे र टोलीलाई २–१ को जित दिलाए । यो खेलमा पनि गोल गर्दा उनले लगातार छैठौं खेलमा गोल गरेका थिए ।

इशाकको यो प्रदर्शनले उनलाई आगामी दिनमा एक मुख्य स्टारको रुपमा उभ्याउन सक्ने देखाएको छ । अग्लो कदका उनमा खेलबारे उल्लेख्य प्राविधिक क्षमता पनि छ ।

उनको क्षमतालाई अहिले इब्राहिमोभिकसँग तुलना गर्न थालिएको छ । तर, व्यक्तित्व र खेल्ने शैलीको हिसाबमा भन्ने हो भने यो तुलना पूर्णरुपमा गलत हुन्छ ।‘हाम्रो विशेष सम्बन्ध छ, किनकी हामी दुवै एरिट्रेटा ओरिजिनका हौँ’ इशाक १० देखि १३ वर्षको हुँदा उनलाई एआईकेमा प्रशिक्षण दिएका नाहोम घिडेले भने ।

एलेक्जेण्डरका अभिभावक सन् १९८० को दशकमा लामो गृहयुद्धबाट बच्न अफ्रिकी मुलुक एरिट्रियाबाट स्टकहोम आएका थिए । उनीहरु स्वीडेनका नागरिक भए । अझै पनि उनिहरु एरिट्रेटाको संस्कृतिसंग नजिक छन् ।

इशाकका बाबु एक शिक्षक हुन् । इशाकले उनको परिवारबाट भने उल्लेख्य माया र साथ पाउँदै आएका छन् । यसरी फरक किसिमको संस्कृतिको मिश्रणबाट हुर्किएका इशाक विशेश खालको फुटबलर बन्न सक्ने नाहोमले बताए ।इशाकको बाल्यकाल इब्राहिमोभिकको तुलनामा निकै फरक छ । उनको बाल्यकाल निकै कठिन अवस्थाबाट गुज्रिएको थियो । उनी दुई वर्षको हुनुभन्दा पहिला नै उनका आमाबाबु छुट्टिएका थिए ।

इब्राहिमोभिकको विपरीत इशाक निकै शान्त स्वभावका छन् र कम बोल्ने र मिडियासँग धेरै कुरा गर्न नरुचाउने प्रकृतिका छन् ।

इशाकमा उमेरभन्दा पहिला नै देखिएको परिपक्वता उनको सबैभन्दा महत्वपूर्ण पक्ष रहेको उनका सहकर्मीहरु बताउँछन् । उनको खेललाई नजिकबाट नियालेकाहरु उनको सट धेरै शक्तिशाली नहुने र उनी धेरै छिटो नखेल्ने बताउँछन् । तर उनले जे गर्छन्, त्यसको कुनै कारण भने पक्कै पनि हुन्छ, उनी देखाउनका लागि केही गर्दैनन् । उनी सबैले भन्दा राम्रोसँग खेल कुन दिशामा अघि बढिरहेको छ र के गर्नुपर्छ भन्ने कुरा बुझ्छन् ।

इशाकले सिनियर टोलीमा आफ्नो स्थान बनाएको ११ महिनामा नै विदेशी क्लबबाट फुटबल खेल्ने मौका पाए । इशाकले डर्टमण्डमा आबद्ध भएपछि सञ्चारकर्मीलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘मलाई अन्यत्रबाट पनि प्रस्ताव आएका थिए, तर डर्टमण्ड नै मलाई युवा खेलाडीको रुपमा विकसित हुने सही स्थान हो भन्ने लाग्यो ।’

इशाकले आफ्नो निर्णय सही भएको साबित पनि गरे ।

यद्यपि क्लबमा दुई वर्ष बिताएका उनले टोलीमा खेल्दा धेरै मौका भने पाएनन् । युवा खेलाडीलाई प्रेरित गर्ने टोलीको रुपमा चिनिएको डर्टमण्डमा रहँदा पनि उनले किन मौका पाएनन् भन्ने कुरा भने कसैलाई पनि थाहा छैन ।

उनी अभ्यास पनि अरुभन्दा धेरै बेरसम्म बसेर गर्ने गर्थे ।उनी आफ्नो पूरा ध्यान खेलमा लगाएर खेल्ने गरेको उनी निकट व्यक्तिहरु बताउँछन् । तर इशाकले डर्टमण्डको विषयमा कुनै पनि नराम्रो शब्द निकालेका छैनन् ।

उनको धैर्यले सन् २०१९ मा अर्को क्लबमा लोनमा जाँदा निकै ठूलो काम गर्‍यो । उनले उक्त सिजनमा निकै राम्रो प्रदर्शन गरे । महत्वपूर्ण कुरा उनी कहिल्यै पनि सफलतापछि पनि आफ्ना स्वभाव परिवर्तन गर्दैनन् ।

अर्को क्लबमा राम्रो प्रदर्शन गरेर आउँदा पनि डर्टमण्डले आफ्नो योजना फेरेन । उसले इशाकलाई टोलीमा थप मौका नदिने निर्णय गर्‍यो र सन् २०१७ मा किनेको भन्दा पनि कम मूल्यमा रियल सोसिडाडलाई बेच्ने निर्णय गर्‍यो । स्पेन आएपछि इशाकले डर्टमण्ड आफ्नो विगत रहेको र आफ्नो भविष्य बन्न नसक्ने बताइसकेका छन् । उनले आफ्नो खेल्ने शैली पनि ला लिगाको लागि उचित रहेको उल्लेख गरेका छन् ।

यसमा पनि उनी इब्राहिमोभिक भन्दा फरक छन् । इब्राहिमोभिकले बार्सिलोनामा एक सिजन मात्र बिताएका थिए ।

इशाक ला लिगामा धेरै बस्ने सम्भावना छ ।

यसैबीच उनले आफ्नो राष्ट्रिय टोली स्वीडेनबाट पनि आगामी यूरोपियन च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्नसक्ने अपेक्षा छ ।

स्वीडेन २०१८ को विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो । सन् २०२० को यूरो छनोटमा पनि इशाकलाई धेरैजसो सब्स्टिच्युटमा राखिएको थियो । अहिलेसम्म उनले तीन गोल गरिसकेका छन् । यस्तोमा स्वीडेनलाई उनले इब्राहिमोभिकको अभाव पूरा गराउन सक्छन् ।

अहिलेको क्षणमा उनको जीवन उत्साहपूर्ण छ । एक महिनाअघि रियल मड्रिडलाई उसैको मैदान सान्टियागो वर्नाबेउमा स्तब्ध पार्न उनले सहयोग गरे ।

गत शनिबार उनको टिमले बार्सिलोना भ्रमण गरेको थियो । तर, यस पटक भने नतिजा उनको टिमको पक्षमा आउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment