Comments Add Comment

छापामा आज : चीनको ताक्लाकोटमा १५० नेपाली अलपत्र

दुलही तयार थिइन् तर जन्ती आएनन्

२८ फागुन, काठमाडौं । काठमाडौं प्रकाशित अखबारहरूले विविध विषय उठाएका भए पनि कोरोनासँग सम्बन्धित सामग्रीले आज पनि प्राथमिकता पाएका छन् । यसबाहेक प्रधानमन्त्रीको स्वास्थ्य, दाइजो प्रथा, निजी विद्यालयभित्रका विकृतिसँग सम्बन्धि विषयलाई पनि पत्रपत्रिकाहरूले ‘कभरेज’ गरेका छन् ।

मुखपृष्ठमा धादिङ बोराङको चित्ताकर्षक तस्वीर छापेको कान्तिपुरले चीनमा १ सय ५० नेपाली अलपत्र परेको लेखेको छ । कामका लागि चीनको ताक्लाकोट पुगेका करिब डेढ सय जना नेपाली कोरोना संक्रमणको त्रासले घर फर्कन चाहे पनि नाका बन्द भएपछि उतै अलपत्र परेका हुन् ।

कोरोना भाइरसको संक्रमणकै कारण दुवै देशको सहमतिमा हिल्सा नाका बन्द छ । समाचार अनुसार, अलपत्र नेपालीले उद्धारका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको गुनासो सुनुवाइको अवस्थाबारे पनि कान्तिपुरले नजर लगाएको छ । समाचार अनुसार, उपभोक्ताको गुनासो सुनुवाइ अवस्था निकै कमजोर छ । सुनुवाइका लागि ११३७ टोल फ्री नम्बरको व्यवस्था गरे पनि हतपती उठ्दैन । उठिहाले पनि गुनासो सुनुवाइ नहुने गरेको गुनासो उपभोक्ताको छ ।

दाइजो कहरबारे नागरिकले समाचार बनाएको छ । समाचार अनुसार धनुषामा दाइजोकै कारण विवाह भाँडिएको छ । नगराइन नगरपालिका–२२, जटहीस्थित मुसहरी टोलमा आइतबार साँझ तय गरिएको विवाहमा जन्ती नआएपछि भाँडिएको हो ।

‘मोटरसाइकल नपाएको निहुँ बनाएर जन्ती नआएपछि राति नै पूजाका बुवा सुकदेव आफन्त र छिमेकीसहित करिब १३ जनाको समूहमा बेहुलाको घर पुगेका थिए । तर घरमा बेहुला र उनका बुवा दुवै भेटिएनन् । दुवैजना लुकेर बसेका थिए,’ नागरिकमा समाचार छ ।

विप्लप नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि वर्षदिनमा एक हजार अपाँच सय ७६ नेता–कार्यकर्ता पक्राउ परेको अर्को खबर पनि नागरिकमा छ । विप्लव समूहलाई वार्तामा ल्याउनेभन्दा पक्राउमा सरकारले ज्यादा ध्यान दिएको नागरिक समाचारको सार छ ।

निजी विद्यालयको निरन्तर फलोअपमा रहेको नयाँ पत्रिकाले आज पनि यही विषयलाई प्रमुख समाचार बनाएको छ । स्कुल महँगा हुने भए पनि विद्यार्थीलाई भने भाडाका थोत्रा बसमा चढाइने गरेको समाचारमा उल्लेख छ ।

‘छोराछोरी पाठशाला, रातो शंगला, सेन्ट मरिजमा पढ्छन् भनेर बाबुआमाले आफ्नो प्रतिष्ठा बढाउँछन् । तर अबोध बालकालिका सिट च्यातिएका, काँटी निस्किएका र सिसा फुटेका भाडाका बसमा धूलो खाँदै घण्टौं सकसपूर्ण यात्रा गर्छन । थोत्रा र फोहोर बसको यात्राले शारीरिक असुविधा मात्र होइन, बालबालिकाको स्वास्थ्यमा पनि जोखिम बढाइरहेको छ ।

अन्नपूर्णमा कोरोना त्रासले बजारमा उत्पन्न ग्यास र मास्कलगायतको अभावबारे समाचार छ भने गोरखापत्रले रेलका कर्मचारी नभेटिएको समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment