Comments Add Comment

रामेछापमा एक घर एक धारो कार्यक्रम

२८ फागुन, रामेछाप । रामेछापका स्थानीय तहहरुले गाउँ-गाउँमा एक घर एक धारो कार्यक्रम अघि सारेका छन् ।

खानेपानीको संकट झेल्दै आएका रामेछापबासीलाई खानेपानीमा पहुँच पुर्‍याउने उदेश्यले महत्वकांक्षी अभियान सञ्चालन गर्न लागेको हो ।

जिल्लाका उमाकुण्ड, गोकुलगंगा र खाँडादेवी गाउँपालिकाले एक घर एक धारो कार्यक्रम सुरु गरेका छन् ।

गोकुलगंगा गाउँपालिकामा एक घर एक धारो कार्यक्रम अन्तर्गत खानेपानीका धारा वितरण गर्ने कार्य सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले बताए । यसको लागि गाउँपालिका र स्थानीय उपभोक्ताको संयुक्त लगानीमा कार्यक्रम सञ्चालन भइरहेको उनले जनकारी दिए ।

यसैगरी उमाकुण्ड गाउँपालिकाले पनि भूगोल हेरेर एक घर एक धारा र एक टोल एक धाराको कार्यक्र अघि सारेको छ । भौगोलिक अवस्था र पानीको उपलब्धतालाई ध्यानमा राखेर सो कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार बताउँछन् ।

खाँडादेवी गाउँपालिकाले पनि एक घर एक धाराको कार्यक्रम सुरु गरेको छ । सुक्खाग्रस्त सो पालिकाका अधिकांस स्थानमा नदी र खोलाको पानी लिफ्टमार्फत वितरण गर्न सुरु गरिएको छ ।

सो गाउँपालिकाको पकरबास, भिरपानी, राकाथुम, माकादुम लगायतका स्थानमा एक घर एक धारा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment