Comments Add Comment

ओएसआरका संचालक भन्छन्–‘निर्माताले सहयोग नगर्दा गाह्रो पर्यो’

पछिल्ला केही बर्षमा नेपाली चलचित्रका निर्माताहरुलाई डिजिटल माध्यमले राहत दिएको छ । डिजिटल माध्यममा चलचित्र विक्री गर्दा निर्माताले राम्रै रकम कमाएका कारण पनि उनीहरुलाई ठूलै राहत मिलेको कुरालाई नर्कान सकिदैन ।

बर्ष दिन अगाडिसम्म हाइलाइट्स नेपालले नेपाली चलचित्रमा राम्रै लगानी गर्यो । तर, अहिले चलचित्रको खरिद विक्रीबाट हाइलाइट्स धेरै पछि हटिसकेको छ । अहिले, वुढासुब्बा डिजिटल र ओएसआर डिजिटल यसमा अगाडि छन् ।

तर, युटुबमा चलचित्र सार्वजनिक नहुँदै अन्य डिजिटल माध्यममा चलचित्र पाइरेसी हुन थालेपछि महंगो रकम लगानी गरेर चलचित्रको डिजिटल अधिकार किनेका संचालकहरु मारमा पर्न थालेका छन् ।

ओएसआर डिजिटलका प्रमुख ओम अग्रवालले निर्माताले सहयोग नगर्दा व्यवसाय नै चौपट हुन थालेको बताए । उनले भने–‘चलचित्रको पाइरेसी हुँदा पनि निर्माताहरुले खासै वास्ता गर्नु हुँदैन । आफूले डिजिलट राइट्स बेचिसकेकाले किन सहयोग गर्नु भन्ने भावना उहाँहरुमा पैदा भएको छ । यसले, हामीलाई व्यवसाय नै अगाडि बढाउन गाह्रो परिरहेको छ ।’

अहिले चलचित्रको युटुब राइट्स विक्री गर्दा निर्माताले राम्रो रकम कमाउने गर्छन् । यसैले, यस्ता कम्पनीहरुलाई सहयोग गर्नु निर्माताको पनि दायित्व हो ।

अग्रवाल भन्छन्–‘चलचित्र खरिद गर्दा महंगो रकम तिर्नुपर्ने हुन्छ । तर, यसले प्रतिफल भने त्यती ठूलो आएको छैन । अझ, नेपालबाट बढी भ्यूज हुँदा रकम पनि राम्रो आउँदैन । यसमाथि गाह्रो पर्दा सम्बन्धित चलचित्रका निर्माताले पनि सहयोग गर्नु हुन्न ।’

उनले, सबैले सहयोग गरेको खण्डमा आफूहरुले पनि चलचित्र क्षेत्रका लागि केही योगदान गर्न सक्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment