 
																			२८ फागुन, काठमाडौं । चीनका लागि प्रस्तावित नेपाली राजदूत डा. महेन्द्र पाण्डेविरुद्ध संसदीय सुनुवाइको प्रक्रिया अघि बढाइएको छ । बुधबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले पाण्डेविरुद्ध उजुरी आह्वान गरेको छ ।
आजको मितिबाट १० दिनको म्यादभित्र पाण्डेविरुद्ध कुनै उजुरी भए दिन सकिने समितिले जनाएको छ ।
१८ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई राजदूत सिफारिस गरेको थियो । सुनुवाई समितिले नाम अनुमोदन गरेपछि मात्र पाण्डे राजदूत नियुक्त हुने बाटो खुल्ने छ ।
केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारले पनि पाण्डेलाई राजदूत सिफारिस गरेको थियो । तर ओली सरकार ढलेलगत्तै तत्कालीन माओवादी-कांग्रेस गठबन्धनको सरकारले पूर्ववर्ती सरकारले गरेका नामहरु फिर्ता लिएपछि पाण्डे राजदूत हुन पाएका थिएनन् ।
प्रचण्ड नेतृत्वको दोस्रो सरकारले पूर्वमुख्यसचिव पौडेललाई मन्त्रीस्तरको दर्जा दिएर चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4