Comments Add Comment

मोहन बगान ४ खेल अगावै आइ लिग च्याम्पियन

काठमाडौं । भारतीय शीर्ष श्रेणीको फुटबल आइ लिगको उपाधि मोहन बगानले जितेको छ । मंगलबार अइजवाल एफसीलाई १-० ले पराजित गरेको मोहन बगानले ४ खेल अगावै उपाधि पक्का गरेको हो । मोहन बगानका लागि पापा बाबाकर ८ एवराले ८०औं मिनेटमा निर्णायक गोल गरे ।

११ टोली सहभागी लिगमा मोहन बगानले १६ खेलबाट ३९ अंक जोडिसकेको छ । दोस्रो स्थानमा रहेको इस्ट बंगलाको समान खेलबाट २३ अंक छ । यस्तै नेपाली नम्बर वान गोलकिपर किरण चेम्जोङ रहेको मिनेर्भा पञ्जाव पनि २३ अंकसहित तेस्रोमा छ। अब इस्ट बंगला र पञ्जावले बाँकी खेल जितेपनि मोहन बगानलाई भेट्ने छैन ।

पछिल्लव पाँच वर्षमा मोहन बगान दवस्रो पटक च्याम्पियन बनेको हो । यसअघि २०१४-१५ को सिजनमा मोगन बगानले उपाधि जितेको थियो ।

२००७-८ देखि शुरु भएको बइ ल ग डेम्पो एफसीले सर्वाधिक ३ पटक जितेको छ । यस्तै चर्चिल ब्रदर्सले २ पटक लिग जितेको छ । नेपाली खेलाडी किरण खेल्दा पञ्जावले २०१७-१८ को सिजन उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment