+
+
Shares

साढे ६ किलो गाँजासहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २८ गते १७:१२

२८ फागुन, काठमाडौं । प्रहरीले बुढानीलकण्ठ नगरपालिका-४, पासिकोटबाट ६ किलो ४ सय ३५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय गंगाराम केसीको जग्गा भाडामा लिएर टहरो बनाइ बसेका ३३ वर्षीय सुनिल न्यौपाने छन् । महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

प्रभागका प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरीका अनुसार न्यौपानेले कोठाबाट गाँजालगायत अन्य लागूऔषध बिक्री गर्ने गरेको सूचनाको आधारमा खानतलासी लिइएको थियो । त्यसक्रममा दराजमा रातो र हरियो प्लास्टिकको ८ वटा पोकामा लुकाइएको अवस्थामा गाँजा औषधिजन्य लागूऔषध भेटिएको उनले बताए ।

उनी वितरकसँगै लागूऔषध दुर्व्यसनी पनि भएको गिरीले अनलाइनखबरलाई बताए । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?