
१० साउन, काठमाडौं । प्रहरीको चितवनको राप्तिबाट झन्डै ७ क्वीन्टलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिकैबाट करिब ६ सय ७१ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजासहित शनिबार बिहान ४ बजे भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय शेख सबिलाख्तर भएको प्रहरीले जानकारी दिएको छ ।
चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको यूपी ८२ टी ३९२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई लुकाएर राखेको ४३ वटा गाँजाका पोका फेला पारेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका भारतीय नागरिक सबिलाख्तरमाथि थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4