काठमाडौं । बोरुसिया डर्टमण्डमाथि दोस्रो लेगमा २–० को जित हात पारेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेगमा २–१ ले पराजित पिएसजीलाई क्वाटरफाइनल पुग्न दोस्रो लेगमा जित हात पार्नै पर्ने बाध्यता थियो । तर घरेलु मैदानमा कोरोनाका कारण पिएसजीले दर्शक बिनै खेल्नुपर्यो ।
यस्तोमा नेमार र युलियन ब्रान्टले गोल गर्दै पिएसजीलाई पुनरागमन जित दिलाए । समग्रमा पिएसजीले ३–२ ले खेल जित्यो ।
पीएसजीले पहिलो लेग हारेर पनि पहिलो पटक पहिलोपटक नकआउट स्टेजको अघिल्लो चरणमा पुगेको हो ।
घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीका लागि नेमारले २८औं र ब्रान्टले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । डर्टमण्डका एम्रे चानले ८९औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेका थिए ।
पीएसजी छैटौं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको हो ।
प्रतिक्रिया 4