 
																			प्रत्येक व्यक्तिको जीवन केही न केही समस्याले घेरिएको हुन्छ । यही समस्याका कारण धेरै मानिसहरुमा निराशा र छटपटी चलिरहेको हुन्छ । बिस्तारै यी समस्याहरुलाई चिरेर अघि बढ्छ मान्छे ।
कोही मान्छेहरु मानसिक रुपमा आइपरेका समस्याहरुमाथि प्रभुत्व जमाएर अघिबढ्छ भने त्यो मान्छे सफलताको बाटोमा लाग्छ । जसले ती समस्याहरुलाई जित्न सक्दैनन् ती व्यक्तिहरु डिप्रेसनमा जान्छन् । डिप्रेसनमा जाने समस्याको एउटा प्रमुख उचार योग एवं अध्यात्म हो भन्छन् ओशो तपोवनका प्रमुख आनन्द अरुण ।
उनी डिप्रेसनबाट मुक्त गराउनको लागि विभिन्न किसिमका ध्यानहरु सहायक सिद्ध हुने बताउाछन् । उनका अनुसार शारीरिक उपचार जस्तै समयसमयमा मानसिक उपचार पनि नगर्ने हो भने यसले गम्भीर मानसिक समस्या निम्त्याउन सक्ने भन्दै निरन्तर सरल किसिमका योगहरु पनि मानसिक स्वास्थ्य शुद्धिको लागि अनिवार्य रहेको बताउाछन् ।
मानिसहरुमा सधैंभरी तनावको अवस्था जारी रहन्छ । यस्तो अवस्था सधैंभरी जारी रहन्छ । सुरुमा, व्यक्तिलाई थाहा हुादैन कि ऊ उदासिनताको पासोमा झेलिएको छ । एक्कासी अन्तिम समयमा पुगेपछि मात्रै उसलाई आफू तनाव र उदासिनताको भूमरीमा रहेको बोध हुन्छ।
यस्ता लक्षणहरू डिप्रेसनको सुरुवाती लक्षणहरु हुन् । यस्ता समस्याहरुले व्यक्तिमा धेरै भिन्नता देखाउने गर्छ । चिडचिडाहट, रिस आदि जस्ता भावनाहरू यसमा आउन थाल्छन् । उसले आफूलाई मानिसहरूबाट टाढा राख्न मद्दत गर्छ ।
मानिसहरूसाग कुरा गर्न हिचकिचाउने, एकै समयमा निराशा र अशान्तिको वातावरण महसुस गर्ने जस्ता समस्याहरु हुन्छ । खुशी, शान्ति, सफलता आदि पनि उनीहरुलाई गलत लाग्न थाल्छ । अत्यधिक तनाव व्यक्तिहरु माथि व्याप्त छ । तर, योगबाट मात्रै उदासीनता हटाउन सकिन्छ भन्ने मान्यता छ ।
बालसाना
बालसाना भन्नाले एउटा आरामदायक योगासन हो । त्यसैले यो कुनै पनि समयमा गर्न सकिन्छ । यो सजिलो गर्नाले तनाव र थकान कम गर्दछ । साथै उदासीपना पनि कम हुन्छ भन्ने मान्यता छ ।
शवासन
शवासन शब्दमा शवले गलत सोचाईको विकास गराउने भएपनि शवासन एक आरामदायक पोज हो । यो आसनमा योग गर्नाले दिमाग शान्त रहन्छ र तनाव र निराशा जस्ता समस्याहरूलाई कम गर्दछ भन्ने मान्यता छ ।
सुखासन
सुखासन गर्दा खुशी र शान्ति मिल्छ । त्यसैले यसलाई सुखासन भनिएको हो । रगत सञ्चार राम्रो आसनमा मात्रै सम्भव हुन्छ । यो आसनले सही हिसाबले रक्त सञ्चार गर्नेदेखि दिमागबाट उदासीपना हटाउनको लागि समेत मद्दत गर्छ ।
भुजंगासन
भुजंगासन नामैले यो सर्पजस्तो आकारमा गरिने योग आसन हो भन्ने हुन्छ । यो आसनमा, सर्पले फणाा फिजाए जसरी आफ्नो शारीरिक अभ्यास गर्ने गरिन्छ । यसो गर्नाले डिप्रेसन हटाउादै मनलाई शान्त गराउन सकिन्छ भन्ने मान्यता छ । यसबाहेक पनि यसले शरीरमा उर्जा बढाउादछ र ढाडको दुखाईमासमेत फाईदा पुग्छ ।
सेतुबन्धासन
सेतुबंधासन दुई शब्दहरु मिलेर बनेको छ । यसमा सेतुको अर्थ पुल हो र बन्धको अर्थ बााधिएको हो । यस आसनमा, शरीर पुलको आसनमा बन्धन वा प्रतिबन्धित हुन्छ । यसले मेरुदण्डमा लचिलोपन ल्याउाछ, जसले कमर दुख्ने समस्याबाट छुटकारा दिन मद्दत गर्ने मानिन्छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4