Comments Add Comment

बास्कोटाको घरमा भएको बिस्फोटमा प्रहरीमाथि नै शंका : नेकपा सांसद अधिकारी

नेकपा सांसद खगराज अधिकारी । फाइल फोटो

२९ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा भएको बम बिस्फोटमा प्रहरीमाथि नै आशंका गरेका छन् । उनले यस विषयमा उच्चस्तरीय छानबिन गर्न माग गरेका छन् ।

भक्तपुरको मनहराफाँटस्थित बाँस्कोटाको घरमा बुधबार विप्लव समूहले बम बिस्फोट गराएको थियो । तर, प्रतिनिधि सभामा बोल्दै पूर्वमन्त्रीसमेत रहेका अधिकारीले प्रहरीमाथि नै शंका व्यक्त गरेका हुन् ।

बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले भने, ‘माननीय सदस्य गोकुल बास्कोटाको घरमा बिस्फोट भएको छ । हामीलाई पूर्वअनुमान थियो प्रहरीले भन्छ । पुलिसलाई पूर्वअनुमान थियो भने को–को संलग्न छन् ? या पुलिस नै त त्यहाँ छैन संलग्न ? त्योसमेत छानविन गरी अपराधीलाई सख्त कारबाही गर्न माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment