+
+

सांसदको प्रश्न : सारा मान्छे सेयर बजारमा लागेर देश चल्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १४:०७

२९ फागुन, काठमाडौं । सांसद प्रेम सुवालले नेपालमा सेयर कारोबार छाडेर सबै व्यक्ति उत्पादनमा लाग्नुपर्ने बताएका छन् ।

संविधानले समाजवाद उन्मुख अर्थव्यवस्था परिकल्पना गरेका बेला सबै व्यक्ति उत्पादनमा लाग्नुपर्ने भन्दै उनले कोठामा बसेर हुने सेयर कारोबारबाट उत्पादन नहुने जिकिर गरे ।

नेपालमा सेयर खरिद गर्न सक्ने पुँजीपतिहरु केही संख्यामा मात्र रहेको भन्दै केही व्यक्तिको लागि मात्र लक्षित गरेर विधेयक ल्याउन नहुने बताए ।

‘समाजवाद उन्मुख संविधानको प्रावधान अनुसार यो विधेयक मिल्दैन । केही मान्छेका लागि विधेयक ल्याउने कि समाजवाद उन्मुख विधेयक ल्याउने ?’ नेपाल धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयकको सैद्धान्तिक छलफलका क्रममा सुवालले भने ।

उनले अगाडि थपे ‘यो विधेयक संविधानविरोधी छ । यस्तो विधेयक ल्याउन मिल्दैन ।, सरकार मुठ्ठीभर व्यक्तिको हो कि सारा जनताको हो ?’

राज्य उत्पादनमूलक कार्यमा लाग्नुपर्ने भन्दै सुवालले सारा मान्छेलाई सेयर बजारमा लगाएर कसरी उत्पादन हुन्छ भनी प्रश्न गरे । ‘कर्मचारी पनि सेयर बजारमा, टिचर पनि सेयर बजारमा यसरी देश चल्छ ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?