२९ फागुन, पोखरा । मनाङ मर्स्याङ्दी क्लब पोखरा रंगशालामा जारी १८औं आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोश्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को रोमञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।
मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मीबीच फाइनल यात्राका लागि भएको खेलमा मनाङका फ्लोलेन्टले ४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । २९ औं मिनेटमा अञ्जन बिष्टको पासलाई सुन्दर ‘टच’ दिँदै विमल रानाले मनाङको अग्रता दोब्बर बनाए ।
४१औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठको पासमा भरत खवासले गोल फर्काउँदै खेललाई २-१ मा पुर्याए । तर, ८१औं मिनेटमा मनाङका अञ्जन विष्टले विमल रानाको पासमा गोल गर्दै टिमलाई ३-१ को स्थितिमा पुर्याए ।
लगत्तै ८२औं मिनेटमा आर्मीका देवकुमार लामाले अघिकै प्रकृतिमा गोल फर्काए । उनले गोल रक्षक सोजित गुरुङ अघि बढेको मौका छोप्दै बललाई जाली चुमाएपछि खेल ३-२ को स्थितिमा पुग्यो ।
दोश्रो हाल्फमा निकै आक्रामक रुपमा मैदा प्रवेश गरे पनि त्रिभुवन आर्मी क्लबले जित निकाल्न सकेन । मनाङसँग ३-२ ले स्तब्ध हुँदै साविक उपविजेता आर्मी सेमिफाइनलमै रोकिएको छ ।
आर्मी चैत १ गते हुने फाइनल खेलमा नेपाल पुलिस क्लबसँग उपाधिका लागि भिड्नेछन् । पुलिस क्लबले साविक विजेता थ्रीस्टारलाई ३-० को फराकिलो गोल अन्तरमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
प्रतिक्रिया 4