Comments Add Comment

स्पेनबाट फर्किने नेपाली अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

भिसा लिन कोरोना नभएको प्रमाण चाहिने

३० फागुन, काठमाडौं । स्पेनबाट फर्किने नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) स्पेनमा पनि तीव्र फैलिरहेकाले त्यहाँबाट फर्किने नेपालीले अनिवार्य क्वारेन्टाइनमा रहनुपर्ने भएको हो ।

म्याड्रिडस्थित नेपाली दूतावसले एक सूचना जारी गर्दै स्पेनमा रहेका नेपाली घर फर्किए क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको जनाएको छ । साथै दूतावासले नेपाल फर्किने भिसा अनिवार्य दूतावसबाट नै लिन र आवेदन दिँदा कोरोना नभएको प्रमाण पेस गर्न पनि भनेको छ ।

स्पेनमा कोरोनाको संक्रमणदर उच्च भएकाले सेवा लिन दूतावासमै आउनु पर्ने बाध्यतालाई भने दूतावासले हटाएको छ । दूतावासको टेलिफोन वा कर्मचारीको मोबाइलमा सम्पर्क गरी सम्पूर्ण जानकारी लिन सकिने बताइएको छ ।

दूतावासबाट दिइने सेवा अर्को व्यवस्था नहुन्जेल पोष्टल सिष्टमबाट प्रदान हुने दूतावासले जनाएको छ ।

सेवाग्राहीले जुनसुकै बेला दूतावासको पोष्ट बक्समा डकुमेन्ट छाडेर जान सक्ने छन् । यसरी छाडिएका डकुमेन्टको तत्काल कारबाही गरेर फोनमार्फत बोलाउने व्यवस्था दूतावासले मिलाएको छ ।

कोरोनाका कारण स्पेनमा ४५ बढीको मृत्यु भइसकेको छ । नेपाल सरकारले स्पेनसहित ८ देशलाई उच्च संक्रमित देशको सूचीमा राखी आवागमन, भिसा र स्वास्थ्य परीक्षणका लागि विशेष व्यवस्था गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment