Comments Add Comment

ती प्रधानमन्त्री, जो रहस्यमय ढंगले बेपत्ता भए

विश्व इतिहासमा केही त्यस्ता प्रधानमन्त्रीहरू पनि छन् जो विभिन्न कारणले चर्चामा रहे । कसैको हत्या भयो भने कतिपय रहस्यमय तरिकाले बेपत्ता भए ।

अस्ट्रेलियाका १७ औं प्रधानमन्त्री हेरोल्ड एडबर्ड होल्ट रहस्यमय तरिकाबाट बेपत्ता भएर हालसम्म पनि फेला नपरेका प्रधानमन्त्री हुन् ।

सन् १९६६ को जनवरी २६ मा उनले प्रधानमन्त्रीको सपथ लिएका थिए । तत्कालीन प्रधानमन्त्री मेनजिसले सत्ता छाडेसँगै उनी प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित भएका थिए र त्यही वर्ष भएको आमनिर्वाचनमा भारी मतले जित हात पारेका थिए ।

सन् १९०८ मा जन्मिएका होल्टलाई माछा मार्ने ठूलो शौख थियो । सन् १९६७ डिसेम्बर १७ मा भिक्टोरियाको शेभिओट तटमा पौडी खेल्दा खेल्दै उनी अचानक गायब भए । समुद्रमा उनलाई निकै खोजियो । तर उनको न सास फेला पर्यो, न लास ।

अन्ततः सन् १९६७ को डिसेम्बर २० मा उनलाई आधिकारिक रूपमा मृत घोषित गरियो । यद्यपि, उनको शव आजसम्म पनि फेलापरेको छैन ।

उनको रहस्यमय बेपत्ता प्रकरणका बारेमा अनेक खालका अनुमानहरू गरिए । कतिपयले शार्क माछाले उनलाई खाएको हुनसक्ने बताए भने कतिले उनको हत्या भएको लख काटे । केहीले चाहिँ होल्टले आत्महत्या गरेको हुनसक्ने अनुमान गरे । केही मान्छेले अर्को ग्रहबाट आएको प्राणीले होल्टलाई लिएर गएको समेत दाबी गर्न भ्याए ।

होल्ट आखिर कहाँ गए ? त्यो अझैपनि रहस्यको गर्भमै छ ।
एजेन्सीको सहायेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment