Comments Add Comment

म्यानचेष्टर युनाइटेडको ५ गोल

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपा लिग अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा अष्ट्रियन क्लब एलएएसकेलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

अष्ट्रियन क्लब एलएएसकेको मैदानमा करिब ५ सय समर्थक अघि भएको खेलमा युनाइटेडले ५-० को जित हासिल गरेको हो ।

पहिलो हाफमा एक गोल गरेको युनाइटेडले दोस्रो हाफमा चार गोल थपेको थियो । ओडिओ इघालोले २८औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

५८औं मिनेटमा ड्यानिएल जेम्सले गोल गर्दै अग्रता दोब्बर पारे । हुवान माटाले ८२औं मिनेटमा युनाइटेडका लागि तेस्रो गोल गरे ।

मासोन ग्रिनउड र आन्द्रेस परेइराले इन्जुरी टाइममा गोल गरेपछि युनाइटेडले फराकिलो जित दर्ता गरेको हो ।

अष्ट्रियन क्लब विरुद्ध युनाइटेडले अहिलेसम्म हारे बेहोरेको छैन । ९ खेल खेल्दा ८ मा जित हात पारेको छ भने एक खेल बराबरीमा सकिएको थियो ।

सन् २०१३ मा वायर लेभरकुजनलाई च्यानम्पियन्स लिगमा ५-० ले हराएयता युरवपियन प्रतियोगितामा युनाइटेडको यो पहिलो फराकिलो जितसमेत हो ।

यस्तै युरवपा लिगकै अन्य खेलमा जर्मन क्लब वायर लेभरकुजनले रेन्जर्सलाई ३-१ ले र युक्रेनी क्लब साख्तर डोनेस्कले जर्मन क्लब उल्फस्वर्गलाई २-१ ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment