+
+
Shares

लेखाले अख्तियारलाई भन्यो : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको अनियमिताबारे छानबिन गर्नू

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते १३:५५
फाइल तस्वीर

३० फागुन, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएको भनिएको अनियमिताबारे छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । साथै उसले सार्वजनिक खरिद ऐनअनुसार खरिद प्रक्रिया अगाडि बढाउन बाटो खोलेको छ ।

स्वीस कम्पनीका एजेन्टसँग ७० करोड बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ फागुनमा राजीनामा दिएका थिए । समितिले भने जीटुजी प्रक्रियाबाट प्रेस खरिद प्रक्रिया रोक्न भनेको थियो ।

लेखा समितिको शुक्रबार बसेको बैठकमा प्रिन्ट्रिङ प्रेस खरिद प्रक्रियामा अनियमितता भएको भन्दै छानविन गर्नुपर्ने बताए । बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले उपसमिति बनाउन माग गरेका थिए, तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु त्यसमा सहमत भएनन् ।

त्यसैले सभापति भरत साहले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएको भनिएको अनियमिताबारे छानविन गर्न अख्तियारलाई लेखिपठाउने निर्णय गरेको छ ।

बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाको स्पेसिफिकेसन नै त्रुटिपूर्ण भएको, ६ रुपैयाँ पर्नु वस्तुको मूल्य ३० रुपैयाँसम्म राखेको बताएपछि समितिले यसबारे आफैं छानविन गर्ने भएको छ । तर सरकारले चाहेमा सार्वजनिक खरिद ऐनअनुसार खरिद प्रक्रिया अगाडि बढाउन सक्ने सभापति साहले बताए ।

बैठकले जीटुजी खरिद प्रक्रियाबारे मुख्यसचिव र सम्बद्ध मन्त्रीहरुसँग छलफल गर्ने भएको छ । पछिल्लो समय सञ्चार मन्त्रालयमार्फत सेक्युरिटी प्रिन्टिङ प्रेसका साथै स्याटेलाइट खरिद पनि जीटूजीबाट गर्न खोजिएको थियो । तर त्यसमा विवाद आएपछि समितिले समग्र जीटूजीबारे छलफल गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?