Comments Add Comment

कोरोनाको कारण अमेरिकामा हुने विश्वकप लिग २ ट्राई सिरिज स्थगित

काठमाडौं । कोरोना भाइरसको असर अब क्रिकेटमा पनि पर्न थालेको छ । कोरोनाकै कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आगामी अप्रिलमा अमेरिकामा हुने तय भएको विश्वकप लिग २ अन्तर्गत ट्राई सिरिज स्थगित भएको जनाएको छ ।

अप्रिल १ देखि ६ सम्म अमेरिकाको फ्लोरिडामा हुने भनिएको ट्राई सिरिजमा अमेरिका, स्कटल्याण्ड र युएईले ६ खेल खेल्ने तय थियो ।

तर अहिले कोरोनाको कारण खेलाडीहरुको ट्राभलमा विभिन्न देशहरुले रोक लगाइरहेको, तापक्रमको जोखिम बढिरहेकोले सिरिज स्थगित गर्ने निर्णय गरेको आइसीसीले जनाएको छ ।

आईसीसीका इभेन्ट प्रमुख क्रिस टेटलीले विश्वकप लिग २ को छैटौं सिरिज स्थगित गरिएको भन्दै सिरिजको नयाँ मिति पछि तय गरिने बताए ।

सन् २०३ को एकदिवसीय विश्वकपको रोडम्यापको रुपमा रहेको विश्वकप लिग २ मा ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको छन् । जसमा ओमान १६ अंकसहित शीर्ष स्थानमा छ भने १२ अंक जोडेको अमेरिका दोस्रो र स्कटल्याण्ड ९ अंकसहित तेस्रोमा छ । ७ अंक जोडेको युएई पाँचौमा छ । यस्तै एक सिरिज मात्र खेलेको नेपाल ४ अंकसहित छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment