Comments Add Comment

लघुवित्त संघ नेपालको अध्यक्षमा जगत पोखरेल चयन

३० फागुन, बुटवल । लघुवित्त संघ नेपालको अध्यक्षमा बुटवलका जगत पोखरेल चयन भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिका अध्यक्षहरुको नयाँ संस्था खोलिएको हो ।

नवगठित संस्थाले तदर्थ कार्यसमितिसमेत घोषणा गरेको छ । समितिमा चौतारी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष पोखरेल अध्यक्ष चयन भएका हुन् ।

ग्रामीण लघुवित्तका माणिकरत्न शाक्य र फरवार्ड लघुवित्तका भगवती चौधरी उपाध्यक्ष, जनउत्थान लघुवित्तका बाबुराम विश्वकर्मा महासचिव, सूर्योदय लघुवित्तका अनन्तकुमार श्रेष्ठ सचिव, आंधिखोला लघुवित्तमा नरेश केसी कोषाध्यक्ष तथा वोमी माइक्रोफाइनान्सकी विमला उपाध्याय घिमिरे, अभियान लघुवित्तका बाबुराम थापा र सुपर लघुवित्तका किरण चौधरी सदस्य छन् ।

यो संस्थालाई भविष्यमा लघुवित्त महासंघको रुपमा रुपान्तरण गर्ने उद्देश्यसहित लघुवित्त संघ स्थापना गरिएकाे अध्यक्ष पोखरेलले बताए ।

अहिले देशभर ९० ओटा लघुवित्त संस्था छन् । पुस मसान्तसम्म ९० वटा संस्थाको कूल पुँजीकोष ३२ अर्ब ५९ करोड, कूल कर्जा प्रवाह २ खर्ब ५६ अर्ब ३१ करोड रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

ती संस्थाहरुले देशका ७७ वटै जिल्लामा कार्यक्षेत्र विस्तार गरिसकेका छन् । ती संस्थाहरुको कूल ३ हजार ८६१ शाखा, २ लाख ९८ हजार ३५९ वटा सेवा केन्द्र, तथा एक लाख ५ हजार ५३८ समूह रहेका छन् ।

त्यस्तै, यो क्षेत्रमा १८ हजार ८ सय ८५ जना कर्मचारी, ४५ लाख ७९ हजार ८ सय १५ जना सदस्य रहेकोमा २८ लाख ५ हजार ८ सय १५ जनाले यी संस्थाबाट ऋण लिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment