+
+
Shares

बलात्कार अभियोगमा विद्यार्थी नेता राईलाई ८ वर्ष कैद

पीडितलाई डेढ लाख क्षतिपूर्ति फैसला

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते २१:२०

३० फागुन, काठमाडौं । सढारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्वियूका निवर्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई करणीसम्बन्धी कसूरमा अदालतले साढे ८ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार कैद सजायसहित एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई दिनुपर्ने गरी फैसला गरेको हो ।

अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले इजलासले राईविरुद्धको अभियोग दाबी पुग्ने ठहर गरेको अनलाइनखबरलाई बताए । रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू नेता राईले भाईटीकाको अघिल्लो दिन ११ कात्तिकमा आफ्नै साथीकी बहिनीलाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।

उनले देउसीभैलो खेल्न आउनू भनेर बोलाएको र मोटरसाइलमा माकलबारीस्थित आफन्तको डेरामा लगेर बलात्कार गरेको पीडितको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?