Comments Add Comment

‘लप्पन छप्पन २’को ‘झुसे बारुलो’ सार्वजनिक

वैशाखको १२ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘लप्पन छप्पन २’मा समावेश ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा मिस्टर आरजेको शब्द तथा संगीत छ । यस्तै, गीतमा आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर छ ।

यो चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुवँर, एन्जल श्रेष्ठको मुख्य भूमिका छ । साथमा यो चलचित्रबाट शक्ति श्रेष्ठ, आना ढकाल, श्रृजना सिना लगायतले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् ।

मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा मुकुन्द भट्ट, सुनिल न्यूरे, अमित शर्माको पटकथा, हिमाल केसी र मुकुन्द भट्टको एक्सन, किङ योगीको कोरियोग्राफी छ ।

चलचित्रमा चीजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र, सुदिपचन्द्र भाक्रेल, सन्तोष चन्द्र भाक्रेलको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment