+
+

कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रसँग मिलेर अघि बढ्न तयार छौं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते १६:१०

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाइँमा सार्क सदस्य राष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको बताएका छन् ।

शुक्रबार ट्वीटरमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको स्वागत गर्दै उनले दक्षिण एसियाका नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न तयार रहेको बताए ।

यसअघि शुक्रबार नै भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गरेका थिए ।

सार्क राष्ट्रमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् । हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र हो ।

मोदीको प्रस्तावमा माल्दिभ्स, श्रील‌ंकाले पनि समर्थन जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?