Comments Add Comment

आफ्नो जोडी बन्न प्रभाषले रोजे कट्रिना

‘बाहुबली’ स्टार प्रभाष अहिले आफ्नै होम प्रोडक्सनबाट बनेको चलचित्र ‘जान’को छायांकनमा छन् । यस चलचित्रमा प्रभाषले नायिका पूजा हेग्डेसँग जोडी बाँधेका छन् । यस चलचित्रमा प्रभाषलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

यस्तैमा, प्रभाषले अर्को नयाँ चलचित्र सम्झौता गरेको समचार बाहिरिएको छ । उनले नाग आश्विनको निर्देशनमा बन्न लागेको चलचित्रमा काम गर्न राजी भएका हुन्‍ । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।

यस चलचित्रमा आफ्नो जोडीका रुपमा प्रभाषले कट्रिना कैफको नाम सिफारिस गरेका छन् । निर्माण पक्षले सुनाएको केही नामहरुमा उनले कट्रिनालाई रोजेका हुन् । कट्रिनाको काम राम्रो लाग्ने भन्दै उनले कट्रिनालाई रोजेका छन् ।

कट्रिनालाई चलचित्रको विषयमा अफर पुगिसकेको भने छैन । निर्माणपक्ष केही दिनमा नै कट्रिनासँग भेटेर चलचित्रको अफर गर्नेछ । यदी चलचित्रको लागि कट्रिना राजी भइन् भने दर्शकले पहिलो पटक प्रभाष र कट्रिनाको जोडीलाई देख्न पाउनेछन् ।

प्रभाषले यसअघि बलिउड नायिका श्रद्धा कपुरसँग पनि काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment