+

मनाङले जित्यो आहा ! रारा गोल्डकपको उपाधि

२०७६ चैत  १ गते १७:२९ २०७६ चैत १ गते १७:२९
मनाङले जित्यो आहा ! रारा गोल्डकपको उपाधि

१ चैत, पोखरा । १८औं आरा ! रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो ।

पोखरा रंगशालामा भएको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर टाइब्रेकरमा मनाङले बाजी मार्‍यो ।

टाइब्रेकरमा पुलिसका भेला सिलवाल, हेम तामाङ र बुद्ध बलले गोल गरे भने मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विके र रञ्जन विष्टले गोल गरे । पुलिसका गोलरक्षकले मनाङको दोस्रो पेनाल्टी रोकेका थिए तर मनाङका गोलरक्षक अजित बरालले पुलिसका तेल तामाङको बल पनि रोके ।

पाँचौं नम्बरमा आएका पुलिसका अजितको प्रहार पनि अजितले रोकेपछि मनाङलाई अवसर आयो, जसमा रञ्जनले कुनै गल्ती गरेनन् ।

उपाधिसँगै मनाङ मर्स्याङ्दीले नगद १० लाख रुपैयाँ हात पारेको छ भने उपविजेता नेपाल पुलिस क्लबले ५ लाख रुपैयाँमै चित्त बुझाएको छ ।

तस्वीरः युनिश गुरूङ/ अनलाइनखबर

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय