
२ चैत, काठमाडौं । सेयर कारोबार हुने समायावधी थप गरिएको छ । नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि परिक्षणका लागि भन्दै सेयर कारोबार समयावधी थप गरेको हो ।
थप गरिएको कारोबार अनुसार अब दैनिक रुपमा ५ घण्टा हुने नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदले जानकारी दिए । साउदका अनुसार अब आइतबारदेखि बिहीबारस्म्म ११ बजेदेखि ४ बजेसम्म सेयर कारोबार खुला हुने छ ।
यस अघि ११ बजेदेखि ३ बजेसम्ममात्रै सेयर कारोबार हुने गरेको थियो । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार समयाधवी थप गर्ने विषयमा अध्ययन गर्न केहि दिन अघि नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डको निर्देशन अनुसार शुक्रबार बसेको नेप्से सञ्चालक समिति बैठकले कारोबार समयावधी थप गरेको हो ।
तर यो परीक्षणकालका लागि शुरु गरिुएको नेप्सेले बताएको छ । कारोबार नियमति जसरी नै भए यसलाई निरन्तरता दिने निर्णय भएको सीईओ साउदले बताए ।
नेप्सेले १०ः३० देखि ११ बजेसम्म प्रारम्भिक कारोबार समय हुने, ११ देखि ४ बजेसम्म कारोबार समय हुने र ४ देखि ४ः०५ सम्म अन्तिम कारोबारका लागि भनेर समय तोकेको छ ।
प्रतिक्रिया 4