Comments Add Comment

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एकै दिनमा दोब्बर

काठमाडौं । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दोब्बर पुगेको छ । शनिबार बेलायतमा यो भाइरसको पुष्टि भएका १० जनाले ज्यान गुमाएका हुन् । यससँगै बेलायतमा यो भाइरसबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

अहिलेसम्म बेलायतमा ११४० जनामा यो भाइरसको संक्रमण देखिइसकेको छ । अहिलेसम्म ३७ हजार ७४६ जनामा यो भाइरस परीक्षण गरिएको छ । बेलायती निर्माताहरुलाई भेन्टिलेटर र अन्य चिकित्सा सामग्री उत्पादन बढाउन सरकारले आग्रह गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भाइरसविरुद्ध लड्ने बेलायत सरकारको प्रयासमा साथ दिन सबैमा आग्रह गरेका छन् । यसैबीच, अमेरिकाले पनि बेलायत र आयरल्याण्डसँगको हवाई यात्रामा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसअघि अमेरिकाले युरोपभर हवाई यात्रामा प्रतिबन्ध लगाउँदा बेलायत र आयरल्याण्डमा पनि प्रतिबन्ध लगाएको थिएन । अमेरिकाले अहिलेसम्म ७५ प्रतिशत हवाई उडान रद्द गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment