+
+
Shares

कविता र गजलमा पनि रोयल्टी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १२:२९

२ चैत, काठमाडौं । नेपालमा रोयल्टी भन्नेबित्तिकै संगीत क्षेत्रमा लागेका कलाकारले पाउने रकम भन्ने बुझिन्छ । लामो समय संगीत र फिल्म क्षेत्रबाट मात्र रोयल्टी दिइने चलनले आम मानिसमा यो धारणा बसेको छ ।

तर अहिले पुस्तक, नाटक र जुनसुकै सिर्जनात्मक कामको पनि रोयल्टी लिने चलन बढेको छ । यट्युबमा कविता, गजल र मुक्तक प्रसारण गरिहेको संस्था ‘रचना वाचन’ले शनिबार गजल, कविता र मुक्तकका स्रष्टालाई रोयल्टी वितरण गरेको छ ।

संस्थाले ५ सय रुपैयाँभन्दा बढी रोयल्टी रकम उठेका ४० भन्दा बढी स्रष्टालाई रोयल्टी रकम हस्तान्तरण गर्‍यो  । गजलकार ज्ञानुवाकर पौडेललाई रोयल्टी रकम दिँदै सुरु भएको कार्यक्रममा नवराज लम्साल, देवी नेपाल, घनश्याम परिश्रमी, नवराज पराजुली, सुमन स्मारिका, शीलत कादम्बिनीलगायत कवि तथा गजलकारलाई रोयल्टी प्रदान गरियो ।

सोही अवसरमा धनकुटाका गजलकार अनन्त अनुरागको ‘पर्दा’ गजल संग्रह पनि सार्वजनिक गरियो । स्रष्टाको सम्पत्ति नै उसको सिर्जना भएकाले कविता र गजलको युट्युबमार्फत् उठेको पारिश्रमिक सार्वजनिक रुपमा बाँडिएको संयोजक गोपी दवाडीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?