Comments Add Comment

सात वर्षअघि प्रचण्डलाई थप्पड हान्ने कुँवर पक्राउ

फाइल तस्वीर

२ चैत, काठमाडौं । सात वर्षअघि तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवर पक्राउ परेका छन् । शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट कुँवर पक्राउ परेका हुन् ।

संसद भवनको शौचालयमा प्रवेश गरेका उनको सुरक्षाकर्मीसँग विवाद भएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको बानेश्वर प्रहरीका डीएसपी दुर्गाराज रेग्मीले अनलाइनखबरलाई बताए ।

यद्यपि, यो विगतको घटनासँग सम्बन्धित नभएको उनले बताए । कुँवर किन संसद भवनतिर छिरे भन्ने विषयमा अनुसन्धान भइरहेको उनी बताउँछन् ।

यसअघि १ मंसिर २०६९ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला उनले प्रचण्डलाई थप्पड हानेका थिए । बाग्लुङका कुँवर त्यसवेला वैद्य माओवादीसँग आबद्ध थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment