+
+
Shares

रुपन्देहीका बिरामीमा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ

टोपराज शर्मा टोपराज शर्मा
२०७६ चैत २ गते २०:२६

२ चैत, बुटवल । कोरोना भाइरसको संक्रमणको आशंकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसन वार्डमा भर्ना भएका एकजनाको रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा २१ वर्षका युवकको रिपोर्ट ‘नेगेटिभ’ देखिएको डा. सुदर्शन थापाले जानकारी दिए ।

‘कोरोना भारइरस संक्रमणको जस्तै मिल्दोजुल्दो लक्षण देखिएकाले आइसोलेसन वार्डमा राखेर उपचार गरेका हौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नेगेटिभ रिपोर्ट आयो’– डा. थापाले भने–‘उनमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।’

उनी केही समयअघि दक्षिण कोरियाली नागरिकसमेत सहभागी भएको एक तालिममा सहभागी भएका थिए । उच्च ज्वरो आएपछि उनी बिहीबार लुम्बिनी अस्पतालमा भर्ना भएका थिए । तर उच्च ज्वरो कडा किसिमको निमोनियाका कारण आएको पाइएको छ ।

प्रदेश सरकारका कोरोना फोकल पर्सन डा. थापाले कोरोना संक्रमण हुन नदिन सतर्कता अपनाउनुपर्ने तर आत्तिनु नपर्ने बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको आशंमा आउने बिरामीका लागि २ वटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?