Comments Add Comment

कोरोनाको असर : होटल व्यवसायीले मागे घरभाडा र ब्याजमा छुट 

३ चैत, बुटवल । रुपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसायीले साविकको भाडामा ५० प्रतिशत छुट गर्न माग गरेका छन् ।

कोरोना भाइरसको संक्रमणले विश्व समूदायलाई गम्भीर रुपमा प्रभावित गरिरहेको र यसको प्रभावले पेशानै संकटमा पर्न गएकोले व्यवसायीहरुलाई घरभाडामा ५० प्रतिशत छुट दिन उनीहरुले माग गरेका हुन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण होटल व्यवसायी धरासायी भएको र यसको न्यूनिकरण नहुदाँसम्म घर धनीहरुलाई साविकको भाडामा ५० प्रतिशत छुट गरी व्यवसायीलाई सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको अध्यक्ष समुन्द्र जिसीले बताए ।

त्यसैगरी बैंक तथा वित्तिय संस्थाहरुबाट होटल व्यसायीले लिएको व्यवसायीक कर्जाको ब्याजमा सहुलियत प्रदान गर्न पनि बैठकले माग गरेको महासचिव माधवकुमार खनालले बताए ।

आवश्यक ठानेमा आइसोलेसनका लागि होटल खाली गरेर प्रदेश सरकारलाई सहयोग गर्न व्यवसायीहरु तयार रहेको बैठकपछि जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

साथै कोरोना भाइरसको संक्रमणबाट सुरक्षिरहन अपनाउनुपर्ने सजकतामा व्यवसायीहरु गम्भीर हुन पनि उनीहरुले आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment