+
+
Shares

थाई एयरद्धारा काठमाडौं उडान कटौती

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते १८:५४

३ चैत, काठमाडौं । थाई एयरवेजले काठमाडौं उडान कटौती गरेको छ । कम्पनीले आगामी ३० मार्चसम्म निर्धारित उडानमध्ये १० उडान कटौती गरेको छ । कम्पनीका अनुसार १३ मार्चबाट ३० मार्चसम्म १० उडान कटौती भएका छन् ।

बैंकक–काठमाडौं–बैंकक रुटमा १३, १६, १८, २०, २२, २३, २५, २७, २९ र ३० मार्चका लागि निर्धारित उडान कटौती गरिएको कम्पनीले उल्लेख गरेको छ ।

कोरोना भाइरसका कारण नेपाल आउने र नेपालबाट जाने यात्रुमा समेत भारी गिरावट आएको छ । सोहीकारण कम्पनीहरुले धमाधम उडान समेत कटौती गरिरहेका छन् ।

यता नेपाल एयरलाइन्सले समेत थाइल्याण्डको बैंककमा मार्च ११ र मार्च २५ को उडान रद्द गरिसकेको छ । थाइल्याण्ड धेरै नेपाली घुमघामका लागि पुग्ने गन्तब्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?