Comments Add Comment

पेट्रोल र ग्यास छ ! नपाउँदा सर्वसाधारण हैरान

३ चैत, विराटनगर । सोमबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडसहितको बैठकमा कारोना संक्रमणको त्रासको समयमा आपूर्ति व्यवस्था कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा छलफल भयाने ।

नेपाल आयाल निगम प्रदेश १ का उपनिर्देशक चित्ररञ्जन दासले राज्यमन्त्री दुगडलाई बजारमा इन्धन र ग्यासको अभाव नरहेको र सहज आपूर्ति भइरहेको ब्रिफिङ गरे ।

तर, विराटनगरको अवस्था उपनिर्देशक दासको ब्रिफिङभन्दा ठीक विपरीत छ । त्यही समय विराटनगरका भुवन शाक्य सबै पम्पहरु चहार्दा पनि पेट्रोल नपाएर हैरानी खेप्न बाध्य थिए ।

‘सोमबार बिहानैदेखि विराटनगरका दर्जन बढी पम्प बन्द छन्,’ शाक्यले भने, ‘सरकारले कुनै समस्या छैन भन्छ । विराटनगरका सबै पम्प चाहार्दा पनि एक लिटर पेट्रोल पाउन सक्ने अवस्था छैन ।’

विराटनगरका सबै पेट्रोलपम्पदेखि ग्यास डिलर सोमबार विहानदेखि पूर्ण रुपमा बन्द छ । उपभोक्ताले ग्यासको जोहोका लागि बजारमा भौतारिँदा पनि पाउन सकेका छैनन् ।

विराटनगरका मोतीलाल मण्डल भन्छन्, ‘ग्यासका सबै डिलरहरु बन्द भएका छन् । ‘विहान वेलुबका खाना पकाएर खान नै समस्या हुने भयो । कोरानाको बहानामा व्यापारीले अत्यावश्यक वस्तु र इन्धनमा कालोबजारी गर्न थालेका छन् ।’

पेट्रोल पम्प मात्र होइन ग्यास डिलर सञ्चालकहरुले पनि खाना पकाउने ग्यास सकिएको भन्दै सटर बन्द गरेर सम्पर्कविहीन भएका छन् ।

तर जिल्ला प्रशासनमा भइरहेको बैठकमा भने आयल निगमका प्रदेश कार्यालयका प्रतिनिधिले सबै अवस्था सहज भएको ब्रिफिङ गर्नमै व्यस्त थिए ।

कोरोनाको संक्रमण हुने त्रासले नाका बन्द हुने हल्लासँगै विराटनगरमा केही दिनयता खाना पकाउने ग्यास वितरण गर्दै आएका सबै ग्यास डिलर बन्द छन् ।जसको प्रत्यक्ष मारमा उपभोक्तामा परेको मोतीलाल मण्डलले बताए ।

यता बिक्रेता र व्यवसायीले भने उपभोक्ताले एकै पटक धेरै ग्यास खरिद गर्न खोज्दा आपूर्ति असहज भएको बताउँछन् ।

कोरोनाको त्राससँगै भारतसँगका नाका बन्द हुने हल्लाका कारण उपभोक्ताले स्टक राख्न एकैपटक धेरै सिलिण्डर ग्यासको माग गरेकोले आपूर्ति असहज भएको कोशी ग्यास बिक्रेता स्वस्तिाका रेग्मीले बताइन् ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुुन्दडा र संघका पूर्वअध्यक्ष पवन सारडाले पनि व्यापारीहरुले नभइ उपभोक्ताले कोरोनाको सन्त्रासका कारण चाहिनेभन्दा बढी उपभोग्य वस्तु स्टक गरेका कारण बजारमा अभाव भएको दाबी गरे ।

व्यापारीको दावी – अभाव छैन

नेपाल आयात निगमका प्रादेशिक कार्यालय विराटनगरका उपनिर्देशक चित्ररञ्जन दासका अनुसार बजारमा इन्धनको अभाव छैन ।

राज्यमन्त्री मोतीलाल दुगड, प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई पनि उनले एक हप्तालाई पुग्ने पेट्रोलियम पदार्थ र एलपी ग्यासको स्टक रहेको ब्रिफिङ गरे ।

कार्यालयसँग ३ सय किलोलिटर पेट्रोल, ८ सय किलोलिटर डिजेल तथा २० किलोलिटर मट्टितेल तथा ग्यास बुुलेटहरु स्टक रहेको उनले प्रस्ट्याए ।

साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय विराटनगरका प्रमुुख राधेश्याम चौधरीले ३ लाख ३३ हजार बोरा नुुन तथा २ लाख ७५ हजार बोरा रासायनिक मल तथा साढे चारसय बोरा चिनी कार्यालयसँग मौज्दात रहेको जानकारी दिए ।

उनले भने, ‘कम्तीमा ६ महिनासम्म पुग्ने नुन मौज्दात संस्थानसँग छ । अहिलेको अवस्थामा कुनै समस्या हुने छैन ।

कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले ६ महिनासम्म पुुग्ने दाल चामल नुुनलगायतका उपभोग्य वस्तुको क्षमता रहेको र त्यतिकै मात्रामा वस्तुुहरु आयात भइरहेकाले डाराउनुु पर्ने आवश्यकता नभएको उल्लेख गरेका थिए ।

कृत्रिम अभाव नगर्नुस् : राज्यमन्त्री दुगड

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुुगडले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नर्गन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।

उनले बाहिरबाट आउने सबैै वस्तुहरुको सरकारले आयात बढाएको र कुुनै पनि संकट आइपरे सरकारको सबै संयन्त्र तयारी अवस्थामा रहेको भन्दै उपभोक्ताहरुलाई चाहिने भन्दा बढी भण्डारण नगर्न पनि आग्रह गरे ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुुमार विश्वासले कोरोन भाइरसको सक्रमण रोकथामका लागि तीन तहको सरकासँग समन्वय गरी प्रदेश सरकारले उच्च सतर्कता अपनाएको बताए ।

मोरङका प्रमुुख जिल्ला अधिकारी मदन भुुजेलले दैनिक उपभोग्य वस्तुको पर्याप्त स्टक रहेकाले कालोबजारी नियन्त्रण एवम् नियमनका लागि प्रभावकारी बजार अनुुगमन थालिने बताए ।

कोशी अस्पतालका मेडिकल सुुपरिटेन्डेन्ट डा संगीता मिश्राले कोरोना भाइरस रोकथामका लागि सोमबारबाट अस्पतालले छुुटै फिबर क्लिनिक संचालनमा ल्याएको बताइन् । मंगलबारबाट तीनवटा आइसोलेसन वेड सञ्चालनमा ल्याउने तयारी भइरहेको पनिजानकारी दिइन् ।

उपभोक्तावादी अभियान्ता कृष्णप्रसाद भण्डारी, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुुंगेल, उपभोक्तावादी संस्थाका महेश लोहनीले उपभोग्य वस्तु सहज बनाउन दिगो र भरपर्दो आपूर्ति हुुनुुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment