+
+
Shares

अमेरिकाद्वारा डाइभर्सिटी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते ११:२५

३ चैत, काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणले विश्वव्यापी रूप लिइरहेका बेला दूतावासले मंगलबारबाट लागू हुनेगरी भिसाबारे यस्तो निर्णय लिएको हो ।


यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ । दूतावासका अनुसार, यसको प्रयोग एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुनेछ ।

कुनै आपतकालीन अवस्था छ भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ ।

दूतावासले स्थगन गरिएको भिसा सेवा छिटो सुरु गरिने जनाएको छ । यद्यपि, मितिबारे भने केही खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?