
२ चैत, काठमाडौं । गोपालनाथ योगीलाई संसद सचिवालयका कार्यबाहक महासचिवको जिम्मेवारी दिएको राष्ट्रियसभा अध्यक्षले असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले आइतबार सचिव योगीलाई कार्यबाहकको जिम्मेवारी दिएका थिए । योगीलाई दिइएको पत्रमा राष्ट्रियसभा अध्यक्षसँग परामर्श गरेर जिम्मेवारी दिएको उल्लेख छ ।
तर राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने आफूसँग परामर्श नै नगरिएको र जुनियरलाई कार्यबाहक दिएको भन्दै असन्तुष्टि जनाएका छन् । स्रोतकाअनुसार उनले सभामुख सापकोटालाई टेलिफोन गरेरै आफ्नो असन्तुष्टि जाहेर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4