+
+
Shares

ट्रकको ठक्करबाट भरतपुरमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते ८:३२

४ चैत, चितवन । ट्रकको ठक्करबाट चितवनमा मंगलबार बिहान एक व्यक्तिको ज्यान गएको छ ।

साइकलमा दूध बोकेर हिँडिरहेकी ३५ वर्षीया लक्ष्मी सुवेदीको ठक्करबाट ज्यान गएको हो ।

भरतपुरबाट गितानगर जाँदै गरेको ना ७ ख ४०९१ नम्बरको ट्रकले सुवेदीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ट्रकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । घटनाका दोषीमाथि कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै स्थानीयले ट्रक नियन्त्रणमा लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?