+
+

नाम र राजधानीबारे छलफलमा प्रदेश २ को संसद खाली

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १३:५७

४ चैत, जनकपुरधाम । प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न मंगलबार विहान बोलाइएको प्रदेश २ को प्रदेशसभा बैठकमा दिउँसोसम्म सांसदको संख्या पातलिएको छ ।

झण्डै १ घन्टामै प्रदेशसभाको अधिकांश कुर्सी खाली भयो । विहानैदेखि छलफल कार्यक्रम रहेकाले मंगलबार प्रदेशसभा परिसरमै खानाको व्यवस्था थियो । संसदमा धारणा राख्दै सांसदहरु बाहिर खाना खान निस्कने गरेपछि प्रदेशसभा भने खालीजस्तै बनेको थियो ।

खाना खान निस्केका सांसदहरु पनि खाना खाएर बाहिरै गफिन थाले । प्रदेशसभामा सभामुख सरोजकुमार यादव, उपसभामुख उपमा देव र केही सांसदमात्र बाँकी रहे । मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरू पनि हलबाहिरै बसे ।

प्रदेश सभा सचिवालयले बिहान ८ बजे नै सांसदलाई आउन रुलिङ गरेको थियो ।

प्रदेशसभामा मंगलबार नै प्रदेशको नाम र राजधानी तोक्न मतदान गर्ने तयारी छ । तर छलफल जारी रहेकाले मतदान हुन सकेको छैन ।

छलफलमा धारणा राख्ने सांसदहरुले दलीय अडानअनुसार नै आफ्नो धारणा राखेका छन् । पर्साका सांसदले राजधानी वीगञ्जलाई बनाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?