Comments Add Comment

कोरोना त्रासका कारण चितवनमा रगत अभाव

४ चैत, चितवन । कोरोनाको त्रासले रक्तदान कम हुँदा चितवनमा रगतको अभाव देखिन थालेको छ । विभिन्न संघसंस्थाहरुले रक्तदान गर्ने भए पनि अहिले ती कार्यक्रमसमेत रोकिँदा रगतको अभाव भएको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान गर्ने संघसंस्थाले पनि यो समयमा रक्तदान कार्यक्रम आयोजना गरेका छैनन् । गर्मी बढ्दै जाँदा जिल्लामा रगतको समेत अभाव हुने गर्छ । जिल्लामा दैनिक एक सय ५० युनिट रगतको माग छ । तर, अहिले ५० युनिट मात्र संकलन भएको छ ।

एक सय यूनिट रगत कम भएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख पौडेलले बताए । उनका अनुसार अहिले २५ प्रतिशत मात्रै रगतको व्यवस्थापन भएको छ । चितवनमा ११ जिल्लाका मानिसहरू उपचारका लागि आउने भए पनि रक्तदान गर्नुपर्ने भार भने बढी चितवनमा मात्रै परेको छ । अहिले रगतका लागि बिरामीका आफन्तले मान्छे खोजेर ल्याउनुपर्ने वाध्यता आइलागेको छ ।

नजिकका बिरामीले केही चिनजानका मान्छे खोजे पनि टाढाबाट आउने बिरामीका आफन्तलाई भने समस्या हुने गरेको उनले बताए । रगतको व्यवस्थापन गर्न स्वयंसेवी रक्तदाता र विभिन्न संघसंस्थालाई आग्रह गरिएको पौडेलले बताए ।

मेडिकल सिटीको रुपमा विकास भइरहेको भरतपुरमा बिरामीहरूको अत्याधिक चाप रहेको छ । चितवनमा दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर केन्द्रीय अस्पताल र दुई दर्जन भन्दा बढी निजी हस्पिटलहरू रहेका छन् । विशेषगरी क्यान्सरका बिरामीलाई बढी रगतको आवश्यक पर्दछ भने, चितवनमा सवारी दुर्घटना पनि बढी हुने भएकाले रगतको माग बढी हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment