+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

दुबई पठाउने बहानामा साढे १० लाख ठगेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १५:०८

४ चैत, काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंको गोंगबुबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका-४ खुङ्गा स्थायी घर भई हाल काठमाडौंको रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेका छन् ।

पीडितहरुको उजुरीको आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखाले मगरलाई सोमबार गंगबुबाट पक्राउ गरेको हो ।

आकर्षक तलव सुविधाको प्रलोभन देखाइ वर्किङ भिषामा दुबई पठाइ दिने भन्दै मगरले ९ जना व्यक्तिहरुबाट १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरेर फरार भएको उजुरी परेको महाशाखाले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?