
४ चैत, काठमाडौं । नेपाल एयरलाइन्सले मलेसियाको क्वालाम्पुरमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ ।
कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएसँगै नेपाल एयरलाइन्सले उडान स्थगित गर्ने निर्णय गरेको हो । क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको कम्पनीले जनाएको छ ।
२०२० मार्च १७ तारिख र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । २०२० मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
नेपाल एयरलाइन्सले कोरोना भाइरसका कारण धेरैजसो गन्तव्यको उडान परिवर्तत गरिसकेको छ । नेपाली यात्रुलाई प्रवेशमा प्रतिवन्ध लागेको सबैजसो मुलुकबाट नेपाल एयरलाइन्सले उडान झिकिसकेको छ । भारतको नयाँ दिल्लीमा साताको १४ उडान हुँदै आएकोमा आधा उडान कटौती भइसकेको छ ।
यसअघि मलेसियाले दुई साता विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेश नदिने र मलेसियाका नागरिकलाई पनि विदेश भ्रमणमा नजान सूचित गरेको छ ।
प्रतिक्रिया 4