+
+

वीरगञ्जमा अबदेखि ध्वनि प्रदूषण गर्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १७:५५

४ चैत, वीरगञ्ज । हर्न र प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयन हुन नसकेको वीरगञ्ज महानगरपालिकाले पुनः अर्को निर्णय गरेको छ । वीरगञ्ज महानगरपालिकामा मंगलबार बसेको बैठकले जथाभावी ध्वनि प्रदूषण गर्न नदिने निर्णय गरेको हो ।

राति १० बजेदेखि बिहान ६ बजेसम्म कुनै किसिमको ध्वनि प्रदूषण गर्न नपाउने निर्णय गरिएको नगरप्रमुख बिजय कुमार सरावगीले जानकारी दिए । ‘महानगरपालिकाले ध्वनी प्रदूषण गर्न नपाउने गरी ऐन यसअघि नै ल्याइसकेको छ । राजनीतिक पार्टी, प्रशासन लगायत सरोकारवालासँग छलफल गरेर कडाइका साथ कार्यान्वयन गर्न खोजेका हौं ।’
उनले चर्को आवाजमा विवाह/उत्सवमा डिजे घुमाउन नपाउने र प्रेसर हर्न बजाउनेलाई कारबाही गरिने बताए ।

बैठकले महानगरभित्र सञ्चालित सबै डिजेहरुलाई अनिवार्य रुपमा दर्ता गराउनुपर्ने, सार्वजनिक स्थान, तथा सडकहरुमा बिज्ञापन, विवाह, आदिमा ठूलो स्वरमा स्पिकर तथा डिजे बजाउन नदिने, पसलमा ठुलो स्वरमा म्युजिक बजाउन नपाईने महानगरपालिकाले जनाएको छ । कुनै पनि कार्यक्रममा लाउड स्पिकरको प्रयोग गर्नुपरेको खण्डमा महानगरपालिकासँग पूर्व स्वीकृति लिनुपर्ने निर्णय समेत बैठकमा भएको छ ।

बैठकमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, प्रहरी उपरीक्षक गंगा पन्त लगायतको उपस्थिती रहेको थियो । तर यो निर्णय कार्यान्वयन हुनेमा नागरिक समाजले भने आशंका व्यक्त गरेका छन् । उनीहरुले महानगरपालिकाले विगतमा पनि हर्न र प्लाष्टिक झोला निषेध गरेर कायान्वयन गर्न नसकेकोले यो निर्णय कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका हुन् ।

यस्ता निर्णय बारम्बार हुने गरेको तर कार्यान्वयन हुने नगरेको वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईंले बताए । ‘ पहिला हर्न निषेध र प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेकै हुन् । तर कार्यान्वयन भएको छैन । वीरगञ्जको अवस्था कोलाहाल र प्रदुषण युक्त नै छ ।’ चौगाईंले भने ‘पुजा, पाठ, मेला महोत्सव विवाह ब्रतबन्धका नाममा ध्वनि प्रदूषणले नगरबासी आक्रान्त छन्, निर्णय गरेर मात्रै हुन्न कार्यान्वयन हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?