Comments Add Comment

युरोकप फुटबल अर्को वर्षका लागि सर्ने

४ चैत, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण युरोकप २०२० सर्ने भएको छ । नर्वेजियन फुटबल फेडेरेसनकाअनुसार यो प्रतियोगिता अब २०२१ मा मात्र हुनेछ ।

युरोपियन फुटबलको नियमनकारी निकाय यूईएफएले मुख्य स्टेकहोल्डरसँग मंगलबार आकस्मिक भिडियो कन्फ्रेन्स गरेको थियो । नर्वेजियन एफएका अनुसार अब यो प्रतियोगिता अर्को वर्ष ११ जुनदेखि ११ जुलाईमा हुनेछ ।

कोरोना संक्रमण नभएको भए यो प्रतियोगिता १२ जुनदेखि १२ जुलाईसम्म युरोपको १२ स्थानमा हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment