Comments Add Comment

आफ्नै ह्याण्ड स्यानिटाइजर बनाउँदै जिन र भोड्का

४ चैत, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को प्रकोप फैलिएसँगै ह्याण्ड स्यानिटाइजर अभाव हुन थालेको छ । यो बेला अपेक्षा नगरिएका कम्पनीले ह्याण्ड स्यानिटाइजर निर्माण शुरु गरेका छन् । जस्तो, जिन र भोड्कालगायत वियर निर्माता ।

फ्रान्सको एलभीएमएचले पनि आफ्नो पफ्र्युम कारखानाबाट फार्मेसी सामग्री उत्पादन शुरु गरेको छ ।

अमेरिकाको पनि खाद्य तथा औषधि विभागले फर्मेसी सामग्री निर्मातालाई उत्पादन बढाउन प्रेरित गरिरहेको छ ।

यसअघि केहीले भोड्काले निर्माण गरेको घरेलु उत्पादन प्रयोग नगर्न धेरैले सुझाव दिएका थिए । भोड्काले ६० प्रतिशत अल्कोहलको मापदण्ड पूरा नगरेको भन्दै आलोचना भएको थियो ।

तर अमेरिका र बेलायतमा भोड्काको ह्याण्ड स्यानिटाइजर उल्लेख्य मात्रामा बिक्री भइरहेको छ । कोरोना भाइरस नियन्त्रणको प्रयासस्वरुप भोड्काले ह्याण्ड स्यानिटाइजर बनाएको छ ।

त्यस्तै अर्को वियर निर्माता जिनले पनि ह्याण्ड स्यानिटाइजर निर्माण शुरु गरेको छ । उसले रेष्टुरेन्ट, बार र मदिरा स्टोरमा स्यानिटाइजर बिक्री गरिरहेको छ ।

विश्वभरका अन्य वियर तथा मदिरा उत्पादकले कोरोना भाइरसविरुद्ध लड्न आवश्यक सुरक्षाका सामग्रीहरु निर्माण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment