+
+

सौराहामा बन्ने भयो ३५ करोडको लगानीमा सिटी हल

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १९:५१

४ चैत, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा ३५ करोडको लगानीमा सिटीहल बन्ने भएको छ । १८ महिनाभित्र बनाइसक्ने भनिएको सिटीहलको मंगलबार एक कार्यक्रमका बीच पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शिलान्यास गरे ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागमार्फत बन्न लागेको हलको क्षमता एक हजार जनाको छ । ठूलो हलसँगै ५० जना अट्ने अर्को मिटिङहल समेत निर्माण हुने छ ।

लागत ३५ करोड २२ लाख ७० हजार रहेको शहरी तथा भवन निर्माण कार्यालय चितवनका प्रमुख प्रकास अर्यालले जानकारी दिए ।

हल निर्माणको जिम्मा रेलीगेर कन्स्ट्रक्सन प्रालि ललितपुरले पाएको छ । सिटीहलको शिलान्यास गर्दै पूर्वअर्थमन्त्री पाण्डेले सिटीहल निर्माणपछि सौराहाको पर्यटनले गति लिने बताए ।

सिटीहलले यहाँको सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप विकसित बनाउने विश्वास व्यक्त गरे ।

रत्ननगरका मेयर नारायण वनले सिटीहल सौराहाको पर्यटन विकासका लागि कोसेढुंगा सावित हुने बताए । रत्ननगर नगरपालिकाले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा सिटीहल बनाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?