Comments Add Comment

उपत्यका प्रहरी प्रमुखको निर्देशन – पेट्रोल, ग्यासदेखि मास्कसम्म कालोबाजरी गर्नेविरुद्ध आक्रामक बन्नू

४ चैत, काठमाडौं । उपत्यकाको तीन जिल्ला हेर्ने जिम्मेवारी पाएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले कोरोना भाइरसको संक्रमण फैलिरहेका वेला कृतिम अभाव सिर्जना गर्नेविरुद्ध खरो रुपमा प्रस्तुत हुन मातहतका अधिकारीलाई निर्देशन दिएको छ ।

मातहतका काठमाडौं, ललितपुर, भक्तपुर प्रहरी परिसरसहित महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुलाई रानीपोखरीका प्रहरी प्रमुख विश्वराज पोखरेलले माहामारीका वेला कालोबजारी गर्नेविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

पोखरेलले ग्यास उत्पादक, वितरक, पेट्रोल पम्प, डिपो, स्यानिटाइजर र मास्क विक्रेताको निगरानी राख्न पनि निर्देशन दिएका छन् । यो समयमा खाद्यान्न र औषधिमा पनि कालोबजारी हुनसक्ने भन्दै उनले सचेत रहन भनेका छन् ।

‘बढी मूल्यमा बेच्ने मात्र होइन, असमान ढंगले वितरण भइरहेको छ भने कारबाहीको दायरामा ल्याउनुस्’, पोखरेलले भनेका छन्, ‘आफूले इच्छ्याएको व्यक्तिलाई मात्र वितरण गर्ने गरेको, कसैलाई घन्टौंसम्म लाइन त कसैलाई एकैछिनमा वितरण गर्ने गरेको सूचना आएका छन् ।’

त्यस्ता सबै व्यक्तिलाई कालोबजारी तथा केही सामाजिक अपराध ऐन, २०३२ अनुसार पक्राउ गरेर कानूनी दायरामा ल्याउन उनले निर्देशन दिएका छन् ।

यो पनि पढ्नुहोस बढी मूल्यमा बेच्न लागिएको स्यानिटाइजर र मास्कसहित दुई पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment