+
+
Shares

क्वारेनटाइन बनाउन गोयल समूहले काठमाडौंमा नि:शुल्क भवन दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते २०:५२

४ चैत, काठमाडौं । कोरोना भाइरसको त्रास फैलिरहेका बेला क्वारेनटाइन बनाउनका लागि गोयल समूहले काठमाडौंको एक घर निःशुल्क उपलब्ध गराउने भएको छ । काठमाडौंको सिफलमा खाली रहेको घर क्वारेनटाइन बनाउन चाहे सरकारलाई निःशुल्क उपलब्ध गराउने समूहका कार्यकारी निर्देशक चिराग गोयले बताए ।

गोयलले सामाजिक सञ्जालमा आफूहरुले दिन चाहेको घरको तस्वीर समेत सार्वजनिक गरेका छन् । उक्त घरमा ९ कोठा, ३ वटा वाशरूम, छतका साथै सजिलै कोठामा परिणत गर्न सकिने र टेन्टहरु राख्नका लागि प्रशस्त खाली ठाउँ रहेको उनले बताएका छन् । केहि समयदेखि खाली रहेका कारण केहि मर्मत सम्भार भने गर्नु पर्ने उनले बताएका छन् ।

गोयलले भने, ”हामीलाई थाहा छ कि परिस्थिति हातबाट हट्यो भने सरकारले सबैलाई सहयोग गर्न सक्दैन, त्यसैले यदि सरकार वा कुनै नाफा नकमाउने संस्थाले परिस्थितिसँग लड्नका लागि क्वारेनटाइन बनाउन चाहन्छ भने हामी यसलाई निःशुल्क प्रदान गर्नेछौं ।’

आपत परेका बेला सरकारलाई सहयोग गर्नु सबैको दायित्व रहेको भन्दै उनले सहयोग स्वरुप घर क्वारेनटाइनका लागि उपलब्ध गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?