+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

ईयू आबद्ध देशहरूको सीमा नाका ३० दिन बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते ८:५५

५ चैत, काठमाडौं । युरोपियन युनियन (ईयू) आबद्ध देशहरूले ३० दिन सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् । प्राणघातक कोरोनाविरुद्ध जुधिरहेका ईयूका मुलुकहरूले थप सतर्कता अपनाउँदै नाका बन्द गर्ने निर्णय गरेका हुन् ।

सीमा बन्द गर्ने यो निर्णय आइसल्यान्ड, लिकस्टेन, नर्वे र स्विट्जरल्यान्डसहित ईयू आबद्ध २६ देशले अवलम्बन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिबन्धले गैरईयू नागरिकहरूलाई भ्रमण गर्नबाट असर पार्नेछ । लामो अवधिको बासिन्दा, ईयूका परिवारका सदस्य, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र सामान ढुवानी गर्ने मानिसहरूका हकमा भने प्रतिबन्ध लागू नहुने बीबीसी समाचारमा उल्लेख छ ।

हुबेई प्रान्तको उहान उद्गम भएर फैलिएको कोरोना भाइरसको संक्रमणले चीनपछि युरोपेली देशहरूलाई समातेको छ । युरोप क्षेत्रको इटली, स्पेन र फ्रान्समा यसले महामारीको रूप लिइरहेको छ ।

वर्ल्डओमिटर्सका अनुसार, इटलीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २५ सय ३ पुगेको छ । मंगलबार मात्रै यहाँ थप ३४५ को ज्यान गएको छ । ३१ हजार ५ सय ६ जना संक्रमित छन् ।

स्पेनमा एकै दिन १९१ मानिसको ज्यान गएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३३ पुगेको छ । फ्रान्समा १ सय ७५ र जर्मनीमा २६ जनाको ज्यान गएको छ ।

कोरोनाविरुद्ध लड्न विभिन्न उपाय अवलम्बन गरेका ईयू सम्बद्ध राष्ट्रहरूले मृत्युदर ह्वात्तै बढेपछि लिएको नाका बन्द गर्ने निर्णयले संक्रमण घट्ने ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?