Comments Add Comment

‘चपली हाइट ३’ चैत्र २८ मै रिलिज होला त ?

चैत्र महिनामा रिलिज हुन लागेका चलचित्रहरु पोष्टपोन्ड भैरहेको अवस्थामा चलचित्र ‘चपली हाइट ३’को निर्माणपक्षले भने चैत्र २८ मै चलचित्र चलाउने बताइरहेको छ । अर्जुन कुमारको निर्माणमा निकेश खड्काले निर्देशन गरेको यो चलचित्रको ट्रेलर समेत केही दिनमा सार्वजनिक हुँदैछ ।

चलचित्रका निर्देशक निकेश खड्का भन्छन्–‘हामीले अहिलेसम्म चलचित्रको प्रदर्शन मिति सार्ने बिषयमा निर्णय गरेका छैनौ । हामी, अझै पनि केही दिन पर्ख र हेरको अवस्थामा नै छौ ।’

उनका अनुसार, चलचित्रको ट्रेलर तयार भैसकेको छ । चलचित्र सार्ने निर्णय भयो भने ट्रेलर सार्वजनिक पनि स्थगित हुन सक्छ । तर, चैत्र २८ मै रिलिज हुन लागेका अन्य चलचित्र पछि सरेको अवस्थामा निर्माता अर्जुन कुमारले भने अझै चलचित्रको रिलिज पछि सार्ने बिषयमा निर्णय लिएका छैनन् । स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई सस्पेन्स थ्रीलर कथामा तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment